नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष श्री लोकेन्द्र कुमार श्रेष्ठको नेत्रित्वमा स्वास्थ तथा जनसंख्या मन्त्री रामजनम चौधरीज्यू संग भेटघाट गरी संस्थाद्वारा संचालित भक्तपुर क्यान्सर अस्पतालको लागि लिनायक मेसीन खरिद गर्नको लागि तथा संस्थाद्वारा हस्पीस निर्मण एव लाहान क्यान्सर केयर सेन्टर संचालनका लागि आवश्यक बजेट माग गर्नुको साथै क्यान्सर रोगीहरुलाई हाल प्रदान गरिदै आएको रकम ज्यादैनै न्यून भएकोले कम्तिमा २ लाख पुर्याउन अनुरोध गरियो । उक्त भेटघाटमा स्वास्थ मन्त्रीज्यू सकारात्मक हुनुभएको र संस्थाको अनुरोधलाई कायोन्यन गर्ने प्रतिबद्वता जाहेर गर्नुभयो ।
