बिश्व धुम्रपान रहित दिवस सम्पन्न
Jun 01 2022
नेपाल अर्बुद्व रोग निबारण संस्था NCRS केन्दिय कार्यालयले ३१ मे २०२२ का दिन एक समारोहका बिच काठमाण्डौमा बाताबरणको संरक्षणको थिममा बिश्ब धुम्रपान रहित दिबश कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका का बा अध्यक्ष श्री कृष्ण बा बस्नेत ज्यु को सभाध्यक्षता र स्वास्थ्य राज्यमन्त्री माननिय भवानी प्रसाद खापुगं ज्यु को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अतिथी हरु प्रतीनिधी सभाको संघिय सांसद माननीय तेजुलाल चौधरी, संबिधान सभा सदस्य डा. बंशीधर मिश्र हुनु हुन्थ्यो ।
नेपाल अर्बुद रोग निबारण संस्थाको केन्दिय महासचिब श्री बिमल कुमार होडा ज्यु ले प्रमुख अतिथी , अतिथी र आमन्त्रीत सबैलाई स्वागत गर्नु हुदै सरकार र सामाजिक संस्थाको सहकार्यमा नेपालमा धुम्रपान प्रयोगकर्ता घटाउदै क्यान्सर जस्तो महामारि रोग को अन्त्य गर्न सकिने बताउनु भएको थियो ।
धुम्रपान रहित दिबश कार्यक्रमको परिचय, औचित्य बारे स्पष्ट पार्नु हुदै संस्थाका उपमहासचिब श्री प्रकाश खतिवडा ज्यु ले world health assembly ले १९८८ मा WHA 42.19 Resolution पास गरेर हरेक बर्ष को ३१ मे मा world no tobacco day मनाउने निर्णय भएको पृष्टभुमी बताउनु हुदै सुर्तीजन्य पदार्थ उत्पादन बायु प्रदुषणको मुल श्रोत भएको तथ्य स्पष्ट पार्नु हुदै कार्यक्रम समेत संचालन गर्नु भएको थियो ।
सम्मानित सभामा संस्थाका केन्द्रिय सदस्य श्री डा. प्रकाश राज न्यौपाने ज्यु ले धुम्रपानले बाताबरणमा पारेको नकारात्मक प्रभाबको बारे प्रस्तुती करण गर्नु हुदै सुर्तिजन्य पदार्थ प्रयोगकर्ता बिभिन्न बिषादिको प्रयोगका कारण बिरामी पर्दछन साथै सो बिषादिका कारण पानी हाबा एबं माटो प्रदुषण हुने गर्दछ । सुर्तीजन्य पदार्थ र यसको उपभोग पश्चात जम्मा हुने फोहरहरु जनाबर र बालबालिकाको लागी बिषालु हुन्छन र माटोमा घातक रसायन मिश्रीत हुन पुगी बाताबरणलाई दुषित बनाउने तथ्याकं समेत प्रस्तुत गर्नु भएको थियो ।
यसैगरि अर्को प्रस्तुतीकरण नेपाल बिकाश अनुसन्धान प्रतिष्ठान NDRI का महासचिब श्री डा जय कुमार गुरुगं ज्यु र अनुसन्धान अधिकृत श्री अन्जना लामीछाने ज्यु ले संयुक्त रुपमा सुर्तिजन्य पदार्थमा करको दर बृद्वि सम्बन्धमा प्रस्तुतिकरण गर्नु हुदै चुरोट लगायत अन्य सुर्तिजन्य पदार्थमा कर बढाउने कुरामा ७६.१ प्रतिशत जनताको माग हुदा हुदै पनी थोरै मात्रमा कर बढनु दुखको कुरा भएको बताउनु हुदै सुर्ति जन्य पदार्थको कारणले नेपालमा बर्षेनी ३७५२९ जनाले मृत्यु बरण गर्ने गरेको तथ्याकं सार्बजनिक गर्नु भएको थियो ।
प्रमुख अतिथी माननिय स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुगं ज्युले क्यान्सर जस्ता नसर्ने रोग ले समस्या पार्दै ल्याएको र नेपालमा बर्षेनी क्यान्सर रोगी थपिईरहेको अबस्थामा धुम्रपान बुरुद्वको सचेतना अभिबृद्वि आबश्यक रहेको संकेत गर्नु हुदै यस सॅस्थाको क्यान्सर बिरुद्वको कार्यको प्रसंसा गर्नु हुदै अब धुम्रपान बिरुद्वको अभियानमा सरकार संग सहकार्य गरेर गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्नु हुदै सभाध्यक्षता गर्नु भएको संस्थाको का बा अध्यक्ष कृष्ण बहादुर बस्नेत ज्यु ले जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न, दिगो बिकाश लक्ष पुरा गर्न सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउन र स्वास्थ्य कर कोषको न्यायोचित बितरण गर्न आग्रह गर्नु हुदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
सभामा ललितपुर शाखा द्वारा तयार पारिएको धुम्रपान बिरुद्वको स्टिकर साखा सभापती शैलेन्द्रमान प्रधानले केन्द्रिय का बा अध्यक्ष लाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष दिनेश शंकर पालिखे, सदस्यहरु बिजेस अवाल, हर्षनारायण कर्माचार्य, रती श्रेष्ट , दिपेन्द्र बान्तवा , कार्यालय प्रबन्धक शुरेस सापकोटा , बिभिन्न शाखा सभापती तथा सदस्यहरु साथै धुम्रपान बिरुद्वको अभियन्ताहरु गरि १६५ जनाको सहभागिता रहेको थियो ।